दुई जनामा कोरोना देखिएपछि सीमानाका सिल, हवाई उडान बन्द

दुई जनामा कोरोना देखिएपछि सीमानाका सिल, हवाई उडान बन्द

दुई जनामा कोरोना देखिएपछि टापु देश टोंगाले आज सीमानाका बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा मानवीय संकट निम्तिएका बेला सरकारले सीमा बन्द गरेको हो ।

गत वर्ष एक जनामा संक्रमण देखिनुबाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन ।

प्रधानमन्त्री सियाओसी सोभालेनीले दुई जनामा संक्रमण देखिएको बताएका छन् । संक्रमित दुबै जना बन्दरगाहमा काम गरिरहेका थिए, जहाँ टोंगालाई विभिन्न देशले मानवीय सहयोग गरिरहेका छन् ।

दुई जनामा संक्रमण पुष्टि भएपछि कुनै पनि डुंगालाई एउटा टापुबाट अर्को टापुमा जान रोक लगाइएको छ भने घरेलु उडानमा रोक लगाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रधानमन्त्रीले ‘राष्ट्रिय लकडाउन’ घोषणा गरेको जनाएका छन् ।

टिप्पणीहरू