आमाले नै जन्माएको ३ दिनपछि मारेर फालिन्

आमाले नै जन्माएको ३ दिनपछि मारेर फालिन्

जन्म दिएकी आमाले नै तीन दिनमा मारेर फाल्छिन् भन्ने कसैले कल्पना गर्छ ? उता भुटानको राजधानी थिम्पुमा त्यस्तै भएको छ । एउटी २० वर्षकी आमाले तीन दिनको शिशुलाई मारेर फालेकी हुन् ।

एकाबिहानै बच्चा सडकमा बेस्सरी चिच्चाएपछि स्थानीयले प्रहरीलाई ११३ नम्बरमा फोन गरेर जानकारी गराएको थियो । उक्त घटना राजधानीको ओलाखा क्षेत्रको सेन्ट्रला प्लाजा नजिकै भएको हो ।

लगत्तै प्रहरीले सिसिटिभि फुटेजको आधारमा केही संदीग्ध महिलालाई पक्रेको हो । प्रहरीका अनुसार तीमध्येकी एउटीले आफूले बच्चालाई मारेर फालेको बताएकी छन् । उनी नजिकैको पसलमा काम गर्छिन् । तर, पसलका अधिकांश साथीले उनी गर्भवती भएको पत्तो नै नभएको प्रहरीसमक्ष बताएका छन् ।

यो घटना अस्ति बिहानको हो ।

टिप्पणीहरू