​आलमको निर्दोषिता

कांग्रेस सांसद आफ्ताव आलमले प्रहरी अधिकृतलाई समेत थर्काएका रहेछन् । थर्कानसहितको टेप नै सार्वजनिक भएको छ । उहाँले त्यसरी थर्काउनुको कारण हो, आफू निर्दोष भएको दाबी गर्नु । निर्दोष मान्छेलाई पनि दोषी भनी प्रचार गरेपछि  जसलाई पनि रिस उठ्छ । उनलाई पनि उठ्यो । रिसको झोंकमा प्रहरी हाकिमलाई थर्काइएको हो । भनियो, ‘यो डिएसपी साब, तपार्ईंंले मलाई त्यसै फसाउनुभयो । अब राम्रो हुन्न । 
प्रहरी हाकिमले भने, ‘फँसाएको छैन हजुर † तपार्ईंंविरुद्ध जे आएको हो त्यही मात्र मैले कानुनअनुसार गरेको हुँ ।’

आलमको सोधाइ, ‘कानुनअनुसार किन गरेको ?’

प्रहरीले भने, ‘कानुनअनुसार गरेर के बिग्रियो सर ? आखिर कानुन हामीले बनाएको होइन, तपार्ईंंहरूले नै बनाउनुभएको हो । तपार्ईंंहरूले बनाउनुभएको कानुनलाई नै हामीले ‘फलो’ गरेका हौँ ।’

आलमले भने, ‘हामीले कानुन बनाएको मात्र हैन, कानुन तोड्ने पनि गरेका छौँ । कानुन तोड्ने कामचाहिँ किन फलो नगरेको ?’
अक प्रहरी चकित ।  

‘फलो नै गर्ने हो भने कानुन तोड्ने कामको पनि फलो गर्नुपर्छ । त्यसैले तपाईंहरूको काम पूर्ण छैन । अपूर्ण छ ।’ आलम झन् चर्के । 
अन्त्यमा भने, ‘म निर्दोष छु । निर्दोष मान्छेलाई सबैजना मिलेर फँसाइएको छ । अब म छाड्नेवाला छैन । अब आगो बल्छ, तुफान आउँछ । प्रहरीलाई समेत भट्टीमा लगेर जलाइनेछ । अब यति नगरी मैले आफ्नो निर्दोषिता प्रमाणित गर्न नसकिने भएको छ ।’

उनी भन्दै गए, प्रहरी सुन्दै गए । 

टिप्पणीहरू