​प्रमको आराम

मिर्गौलामा समस्या देखिएपछि उहाँलाई धेरै ठाउँबाट आराम लिनुपर्ने सुझाव आउन थालेको छ । तर उहाँ त यतिबेला आराम होइन झन बढी पो काम गर्न थाल्नुभएको । 

(उहाँले हालै आफ्ना सल्लाहकारहरू जो हटाउनुभयो, ती सल्लाहकारहरूले पनि शायद उहाँलाई आरामकै सल्लाह दिएको हुनुपर्छ । नभए किन हटाइयो त उहाँहरूलाई ?)

प्रम ओलीज्यूको मिर्गौलामा समस्या देखिएपछि धेरै ठाउँबाट सुझाव आएको आयै छ – प्रधानमन्त्रीज्यू, अबचाहिँ आराम लिनुपर्ने बेला आयो । हजुरले आरामले लिनुप¥यो ।

तर उहाँ कसैको सुझाव लिनुहुन्न । यस्तो सुझाव दिनेहरूलाई सीधै भन्ने गर्नुभएको छ – के आराम लिनु भन्छौ भाइ ? प्रधानमन्त्री भएदेखि अहिलेसम्म आरामै त लिइरहेको छु नि । 

उहाँको कुरा सुनेर सुझाव दिनेहरू पनि चकित भए होलान् । किनभने प्रधानमन्त्रीज्यूलाई जुन आराम लिन उनीहरूले सुझाव दिएका थिए । त्यो आराम त प्रधानमन्त्रीज्यूले नियुक्तिकै बेलादेखि लिँदै आउनुभएको रहेछ । जुन आराम सधँै लिइरहेको छ । त्यही आराम फेरि किन लिनुप¥यो र ? होइन त ? 

टिप्पणीहरू