​सल्लाहकारलाई सल्लाह

प्रधानमन्त्री केपी ओलीले आफ्ना जम्मै सल्लाहकारलाई राजीनामा दिन सल्लाह दिनुभएको छ । सल्लाह वास्तवमा उहाँले सल्लाहकारहरूबाट लिनुपर्ने हो । तर यतिबेला चाहिँ आफंैले सल्लाहकारहरूलाई सल्लाह दिनुभएको छ कि, राजीनामा देऊ । 

अब सल्लाहकारहरूलाई राजीनामाको सल्लाह दिएपछि सबैलाई शंका लागिरहेको छ, के प्रम ओली अब कसैको सल्लाह नलिइकनै देश चलाउने सुरमा हुनुहुन्छ ? 

सल्लाह लिएर देश चलाउँदा त राम्रो नतिजा आइरहेको छैन भने सल्लाहै नलिइकन चलाए के हुने होला ? 

प्रम ओलीमाथि एउटा आरोप छ, उहाँ कसैको कुरा सुन्नुहुन्न । यहाँसम्म पनि आफ्नै सल्लाहकारहरूको कुरासमेत सुन्नुहुन्न । अब कसैको कुरै सुन्नुहुन्न भने कुरा सुन्नका लागि सल्लाहकार किन चाहियो ? शायद त्यही भएर उहाँले सल्लाहकारहरू जम्मै हटाउन लाग्नुभएको । 

भलै उहाँले सल्लाहकारहरूको सल्लाह मान्नुभएन होला । तर उहाँको सल्लाहचाहिँ सल्लाहकारज्यूहरूले राम्रैसँग मान्नुहोला कि ? 

टिप्पणीहरू