​नक्शाको जवाफ नक्शाबाट

भारतले निकालेको नयाँ नक्शाको प्रत्युत्तरमा नेपालले पनि आफ्नो नक्शा निकाल्नुपर्ने सुझाव सरकारलाई प्राप्त भएको छ । सर्वदलीय बैठकमा यस्तो सुझाव आएको हो । 

वास्तवमा भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानीलाई आफ्नै भूमिभित्र गाभेपछि नेपालमा यो विवाद शुरु भएको हो । कालापानी नेपालको भूमि हो । तर भारतले न युद्ध ग¥यो, न कुनै सम्झौता ग¥यो, न जग्गा किन्यो…केही नगरी जाबो एउटा नक्शा निकालेर नेपालको भूमि ख्वाप्लाक्कै आफ्नो बनाइदियो । त्यसपछि नेपाललाई रिस उठ्यो । कुनै पनि देशको भूभाग आफ्नो बनाउने यो तरिकालाई राम्रै भन्नुपर्छ । लडाइँ झगडा केही नगरी पूरै शान्तिपूर्ण ढंगले अर्काको देश खानु सानो खुबी होइन । भारत वास्तवमा विश्वकै शान्तिपूर्ण मुलुक हो भन्ने सन्देश यसले दिएको छ । 

तर शान्तिपूर्ण ढंगले भए पनि नेपालको भूभाग खाएको कारणले भारतलाई त्यसको जवाफ दिनुपर्छ भन्ने सुझाव आएको हो । भारतले नक्शा निकालेर यो विवाद सिर्जना गरेको थियोे । अतः हामी पनि नक्शा नै निकालौँ । नक्शाको जवाफ नक्शाबाटै । अब हामीले नक्शा निकाल्दाचाहिँ राम्ररी ख्याल राख्नुपर्ने हुन्छ । हाम्रो नक्शामा नेपालसँग सीमा जोडिएका भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, सिक्किम, बिहार जम्मै प्रान्तलाई नेपालभित्र पारिदिऊँ । त्यसमा भारतले जे प्रतिक्रिया दिन्छ, त्यसपछि देखा जायेगा । 

टिप्पणीहरू