​म बिरामी छैन

सात प्रदेशका सातै प्रमुख अचानक हटाइएको समाचार सुनेपछि मानिसहरू चकित भए । २४ घण्टा नबित्दै अर्को सात जनाको नयाँ सेट सार्वजनिक भयो । 

अहिले देशमा दुई तिहाइको सरकार छ । अतः पूर्वसरकारले जे–जति निर्णय गरेको छ ती जम्मै उल्टाउने अभियानमा सरकार छ । किनभने पूर्वसरकार कामचलाउ थियो । अहिले दुई तिहाइ छ । कामचलाउले गरेको निर्णयलाई दुई तिहाइले बोक्न सक्दैन । त्यसैले पूर्वसरकारले गरेको नियुक्ति जम्मै खारेज गरिँदै छ । 

(खोइ किन हो, पूर्वसरकारले राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री आदिको सुविधा बढाउने भनेर गरेको निर्णयचाहिँ हालको दुई तिहाइवाला सरकारले पनि अहिलेसम्म उल्टाएको छैन ।)

बजारमा व्यापक चर्चा छ, प्रधानमन्त्री त बिरामी हुनुहुन्छ । उहाँ कहिले ग्राण्डी त कहिले टिचिङ धाइरहनुभएको छ । तैपनि, उहाँ भनिरहनुभएको छ, म बिरामी छैन । तर, हालै मन्त्रिपरिषद्ले जुन निर्णय गरिरहेको छ त्यो हेर्दा भने लागिरहेको छ – चारचोटिसम्म सत्ता चलाउने भूपूप्रधानमन्त्री पो साँच्चै बिरामी हुनुहुन्छ ।

टिप्पणीहरू