​नौ घण्टे भ्रमण

अन्ततः चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तय भएको छ । त्यो पनि केवल नौ घण्टाको लागि । यो समय चिनियाँहरूले कसरी बिताउँछन् त्यो त हामीलाई थाहा भएन । तर हामी नेपाली भने नौ घण्टाको समय यसरी बिताइदिन्छौँ –

बिहान ६ बजे उठ्ने । शौचालय, दतिवन, मुख धुलाइ, चिया पसल, गफगाफमा ३ घण्टा । खान १ घण्टा । अफिस पुग्न १ घण्टा । अफिसमा पत्रपत्रिका अध्ययन र आरामको लागि १ घण्टा । फाइल साइल पल्टाउन १ घण्टा । त्यसपछि खाजाको टाइम भइहाल्यो १ घण्टा । खाजापछि देशविदेशको चर्चा परिचर्चा शुरु भइहाल्छ १ घण्टा । ९ घण्टा बितिगो । काम गर्ने त समय नै हुँदैन । 

हाम्रो ९ घण्टा यसरी बित्छ । के चिनियाँ राष्ट्रपति पनि यति नै गर्न नेपाल आउन लाग्नुभएको हो ? आखिर जे गर्न आए पनि नेपाल झरेपछि शौचालय जानै प¥यो, मुख धुनै प¥यो, लुगा फेर्नै प¥यो, चिया खानै प¥यो । वार्ता–संवादचाहिँ कहिले गर्ने नि ? लेनदेनको काम कहिले गर्ने ?
जे होस्, चिनियाँ राष्ट्रपतिको ९ घण्टे भ्रमणको अवसरमा काठमाडौंका जनताले ट्राफिक जामको मजा भने राम्रै चाख्न पाउने भए । जामको समस्या नहोस् भनेर काठमाडौं ९ घण्टा बन्द पो गर्ने हो कि ? 

टिप्पणीहरू