​सम्बन्ध टिकाउने कि टुटाउने ?

  • दर्शन शर्मा

एक रात, रात मात्र हैन, मध्यरात । त्यस्तै १२ बजेको हुँदो हो । मिस्ड कल । एक पटक हैन, दुई पटक हैन, तीन–तीन पटक । जरुरी परेकै होला भन्ठानेर फर्काएँ । स्वरले नै चिनें, परिचित महिला । विवाह भएको ९÷१० वर्ष भइसकेको । दुई छोराको आमा भइसकेको । दिउँसो मात्रै फेसबुकमा हाइहेलो भएको । त्यो पनि पछिल्लो समय बन्द थियो । विवाहको दुई हप्तापछि कुराकानी हुँदा लोग्नेलाई स्पष्टीकरण दिनुपरेको गुनासो गर्थिन् । त्यसको केही दिनपछि मोबाइल नम्बर परिवर्तन गरिछन् । 

त्यो रात केही मिनेट सामान्य कुराकानीपछि फोन राख्न खोज्दा रातभरि गफ गरौं भनेर अनौठो प्रस्ताव राखिन् । उसोभए मैले सोधेको हर प्रश्नको जवाफ दिनुपर्ने शर्त राखें । उनले नाइँ भनुन्, अनि कुराकानी टुंगियोस् भन्ने थियो । तर, उनी त तयार भइन् । सम्भोगकै विषयमा कुरा भयो । उनले पनि प्रश्न गर्ने अनुमति मागेर सोधिन् । प्रश्न ओरल सेक्सको थियो । पंक्तिकार अवाक प¥यो । सायद उनले आफूले अनुभव गरेकैले सोधेकी थिइन् । अनि चोटिलो व्यंग्य पनि–‘केटा मान्छे भएर पनि निकै पछाडि, महोदय ।’ 

अश्लील चलचित्रका दृश्यमा मात्रै आइरहेको कुरा, नेपाली समाजमा पनि प्रयोग हुन थालिसकेको सुन्दा अलि अनौठो लाग्यो । जिज्ञाशा राखें ।
‘कसरी शुरु ग¥यौ ?’

‘पहिलो सन्तान गर्भमा आयो । हामीलाई डर थियो । डाक्टरले झन् डर देखाइदियो । सेक्स नगर्न नै भन्यो । तर, केटा मान्छे कस्तो हुन्छन्, हामीलाई पो थाहा हुन्छ । विवाह भएको शुरुका दिनमै पोर्न फिल्म हेर्न थालिसकेका थियौं । बच्चा गर्भमा नआउँदै उहाँले मुखमैथुनका लागि आग्रह गर्नुहुन्थ्यो । म इन्कार गर्थें । जब गर्भमा बच्चा आयो, अनि त्यो बाध्यता बन्यो । तर, मैले त्यसलाई बाध्यताको रूपमा लिइनँ, बाध्यताको रूपमा लिएको भए, शायद गर्दिनथें । मैले यसलाई ‘कर्तव्य’को रूपमा लिएँ, श्रीमान्् सन्तुष्ट बनाउने श्रीमतीको ‘जिम्मेवारी’ हो भन्ठानें । कर्तव्य पूरा गर्दागर्दै सहज लाग्यो, आनन्द लाग्यो । अहिले सानो छोरो पनि हुर्किसक्यो । तर, प्राकृतिक सँगसँगै चल्न थाल्यो ।’ 

दुई वटा शब्दले अझै पनि मनमा घण्टी बजाइरहेको छ । ‘जिम्मेवारी’ र ‘कर्तव्य’ । श्रीमान्लाई सन्तुष्ट पार्ने श्रीमतीको कर्तव्य र जिम्मेवारी हो । यही कुरा कति श्रीमान्ले सोच्दा हुन् ? श्रीमतीलाई सन्तुष्ट पार्ने श्रीमान्को पनि कर्तव्य र जिम्मेवारी होला नि ? कि श्रीमान्ले चाहिँ आफ्नो मात्रै सन्तुष्टि हेरे पुग्ने हो ? 

विवाहित महिला सेक्सबारे खुल्छन् भन्ने त थाहा थियो तर यत्ति धेरै खुुल्छन् भन्ने लागेको थिएन । नेपाली समाज यौनबारे यत्ति खुला छ र ? कल्पना बाहिरकै कुरा थियो मेरालागि त्यो । यस विषयमा जिज्ञाशा आयो मनमा, सोधिहेरौं अन्य केहीलाई । कसलाई सोध्नु फेरि ? झट्ट सम्झें, चार महिनाअघि बाउ भएका आफ्नै सहकर्मी । ती महिलासँग कुराकानी भएको पर्सिपल्टै सोधें । तर ती पुरुष सहकर्मीले छक्क पारिदिए– श्रीमती गर्भवती भएदेखि आजसम्म यौन सम्पर्क नगरेको भनेर । मैले प्रतिप्रश्न गरें– ‘ए भनेपछि जगेडामा थियो ?’ जवाफ आयो –‘धत्, कसरी सोध्न सकेको ?’ पाप धर्मको पनि कुरा हुन्छ नि यार ! 

‘ओरल’ चलाउने दम्पती पनि भेटियो नि त्यो समयमा भन्दा ती साथीले आवश्यकता महसुस भएन भन्ने जवाफ दिए । 

आवश्यकता नै महशुस नहुनु त अर्को कुरा भयो । सत्य हो वा झुटो उनै जानुन् । 

पहिलो अध्ययन फेल भएपछि अर्को केस स्टडीमा लागियो । अलि टाढा, अनलाइन अध्ययन । एक सन्तानकी आमासँगै यौन, प्रजनन, मातृत्वका सम्बन्धमा लामै कुराकानी भयो । भूमिका बाँधेर, माहोल बनाएर ओरल सेक्सबारे नि भनेर प्रश्न गर्दा, नमीठो अनुभव रह्यो । 

जवाफ आयो – ‘ओ, मिस्टर । लिमिट क्रस भयो है, ह्वाट डु यु मिन ?’

झमझम पानी परिरहेको थियो । काम त थियो तर आजै नगरी नहुने हैन । केही दिनदेखि केही लेखौंजस्तो त भइरहेको थियो तर लेखिरहेको थिइनँ । एक पुरुषको मनमा महिलाबारे के खेल्छ होला ? अनि एक महिलामा पुरुषबारे चाहिँ के खेल्छ होला ? पृष्ठभूमिमा यु– ट्यूबमा के के बजिरहेको थियो । म त्यसै हराइरहेको थिएँ, खै के केमा भन्ने पनि थिएन शायद शून्यतामै हो कि ?

फेसबुकको इनबक्समा वन न्यू म्यासेजको संकेत देखायो । १४ वर्षअघि काठमाडौंमै चिनजान भएकी एक महिला साथीको रहेछ । हिजो मात्रै फेसबुकमा हामी जोडिएका थियौं । 

‘के छ ?’

‘पानी परिराछ ।’ 

‘हो, भन्या निकै जाडो भइरहेको छ मलाई त !’

‘आगो बालेर ताप्नु उसोभए ?’

‘भो जरुरी छैन, आगोको । मलाई त बूढोले तताउँछन् ।’ 

‘जतिखेर पनि त हैन होला ?’ मैले प्रश्न गरें ।

‘मलाई त बूढोले नै तताउँछन् । सँगै हुँदा शरीरले तताउँछन् । टाढा हुँदा कल्पनाले पनि तातिन्छ । जान्नुपर्छ मिस्टर । तात्न/तताउन । तिमी केटा मान्छेले नजानेका धेरै कुरा जानेका छौं हामी केटी मान्छेले ।’ 

‘हो र, सिकाउन मिल्छ ?’ ठट्टा गर्दै थिएँ ।
(जवाफ आएन, लामो समय । म्यासेज सिन भएको पनि देखिएन ।) 

त्यत्तिबेलै । यु ट्यूबमा एउटा प्रश्न आयो । डु यू वाच पोर्न ?

हिन्दी यू ट्यूब च्यानल रहेछ । नाम अहिले बिर्सें । सम्झे पनि उल्लेख गर्ने थिइन । किन बिनाबित्थामा प्रचार गर्नु ! भारतीय किशोर÷किशोरीहरूले निर्धक्कसाथ एस अर नो भनिरहेका थिए । एस भन्नेलाई प्रस्तोता सोधिरहेकी थिइन् । पछिल्लो समय कहिले हेर्नुभयो ? किशोरहरू हिजो अस्ति भनिरहेका थिए । किशोरीहरू हप्ता वा महिनाअघि भनिरहेका थिए । 

कस्तो मन पर्छ ? देखि अनेकौं प्रश्न थियो । सहभागीहरू फटाफट जवाफ दिइरहेका थिए । 

त्यो भिडियो सकियो । अर्को भिडियो प्ले भयो । त्यही च्यानलमा । प्रश्न थियो । आर यू भर्जिन ?

किशोर किशोरी अघिजस्तै एस अर नो भनिरहेका थिए । 

नो भन्नेहरूको अनुहार देखाइएको थियो । एस भन्नेहरूको अनुहार देखाइएको थिएन । आवाजमा कुनै संकोच सुनिएको थिएन । आत्मविश्वास भरिएको थियो । 

इन्टरनेटमा नभेटिने केही छैन । जे पनि भेटिन्छ । के हेर्ने, के नहेर्ने भन्ने मात्रै हो । 

नेपाली महिलाले लवाइखवाइदेखि हरेक कुरा भारतीयको सिको गरेका छन् । 

यू ट्यूबमा सोधिएका प्रश्न मैलै फेसबुकको अनलाइनमा देखिएकी एक अविवाहित महिला पत्रकारलाई सोधें– ‘डू यु वाच पोर्न ?’

मकै पड्केको जस्तै पड्किइन् । तपाईं किन यस्तो प्रश्न सोध्नुहुुन्छ ? के सोच्नुहुन्छ मलाई ? सबै प्रश्नको जवाफ दिन्छु भन्ठान्नुहुन्छ ? म सहिरहन्छु भन्ने लाग्छ ? अबआइन्दा यस्ता प्रश्न नगर्नु मलाई । 

ओ हेल्लो, सोध्नै नहुने के प्रश्न सोधें र मैले ? के पहाडै खस्यो र ? तात्नु जरुरी छैन । 

विवाहबाहेक सबै गरेकी एक महिला छिन् । लामो समय लिभिङ टुगेदरमा बसेकी । गर्भमा बच्चा आयो । त्यो थाहा पाएपछि पार्टनर (केटो) फरार भयो । ती महिलाले गर्भपतन गराइन् । केही समयपछि उनी शहरबाट हराइन् । फेसबुक पनि डिएक्टिभ गरेकी रहिछन् । लामो समयपछि एक्टिभ भयो । फेसबुकमा कुराकानी हुँदै थियो । प्रेम, विवाह, सन्तानबारे कुराकानी गरौं भन्दा अस्वीकार गरिन् । दुनियाँभरका सारा पुरुष खराब भन्ने उनको दर्शन बनेको रहेछ । लिभिङ टुगेदरमा रहँदा र गर्भमा बच्चा नआउँदासम्म पुरुष साझेदार र असल थियो, उनको नजरमा । गर्भमा बच्चा आएपछि सम्बन्धमा पनि समस्या आयो । अनि सारा पुरुष नै खराब देखियो ती महिलाको सोचाइमा । महिला गर्भवती हुनुमा पुरुष मात्रै कारक र कारण हो र ?

१३/१४ वर्षअघि स्थानीय रेडियोमा काम गर्थें । कहिलेकाहीं सहकर्मी दाइहरूको कुराकानी सुनिन्थ्यो । तीमध्ये केही विवाह भनेको यौन सम्पर्कका लागि मात्रै हो भन्ठान्थे । त्यहीअनुसार दलिल पेश गर्थे । त्यही पनि आफ्नो अनुकूलतामा । आफ्नो मर्जीमा । फरक–फरक ओछ्याउन सुत्ने, मन लाग्दा श्रीमती कहाँ पुग्ने । काम सक्ने फर्कने ।

एउटा अलि अपत्यारिलो अनुभव सुनाइन् एक महिलाले । श्रीमान् पाँच वर्षदेखि विदेशमा थिए । उनी शहरमा भर्खरै आएकी थिइन्, छोरो पढाउन । विवाहेत्तर सम्बन्ध भएको सहजै स्विकारिन् । त्यति मात्र हैन, सम्बन्धबारे श्रीमान्लाई समेत थाहा भएको प्रस्ट्याइन् । अनि विदेशमा पनि श्रीमान्को अर्को यौन पार्टनर रहेको बताइन् । विदेश पुगेकी एकल महिलासँग श्रीमान्को निरन्तर सम्पर्क हुने बताइन् । अनि पार्टनरबारे सोध्दा त्यो बताइन् । उनको पार्टनरको श्रीमती सुत्केरी भएकी रहिछन् । योनीमा संक्रमणका कारण कम्तीमा एक वर्ष यौन सम्पर्क नगर्नू भनेकाले उनीहरू यौन साथी बनेका रहेछन् । एक वर्षमा उनको श्रीमान् पनि विदेशबाट फर्कने, पार्टनरको श्रीमती पनि निको हुने । 

के सम्भव होला ? श्रीमान्÷श्रीमतीले आफ्नो यौन पार्टनरबारे एकअर्कोलाई खुलस्त भन्ने ? समझदारी हुँदा सकिन्छ होला कि ? टँुडिखेलमा गएर ओछ्यान लगाएर, समाजलाई कलुषित बनाउनेहरूले यता सोच्ने हो भने त जैविक आवश्यकता पनि पूरा हुने, परिवार पनि टिकिरहने हुँदो रहेछ नि !
 

टिप्पणीहरू