सुटुक्क नियुक्ति, छल्ने जुक्ति

काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माको डिजाइनमा विश्वविद्यालयले तीन जना असिसटेन्ट प्रोफेसर नियुक्त गरेको छ । बिज्ञापन नम्बर ०३/०७ ५–०७६ शीर्षकमा खुला प्रतियोगिताअन्तर्गत मिति २०७६ असार २७ गते सार्वजनिक नतिजानुसार पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयमा गडबड गरिएको हो ।

डिनले रजिस्ट्रार सुवोध शर्मा तथा उपकुलपति रामकण्ठ माकजु र छनोट समितिलाई छलेर सिफारिस गरेका हुन् । विकास अध्ययन विषयमा नियुक्तिका लागि सिफारिस गरिएका बिनायककृष्ण थापा स्कूल अफ एजुकेसनअन्तर्गत एक परियोजनामा संलग्न रहेको तर त्यो शैक्षिक पद नभएकोले शैक्षिक योग्यता पु¥याउन किर्ते नजिर बनाई प्रतियोगितामा सामेल गराएको बुझिएको छ । त्यसैगरी पत्रकारिता विषयमा उम्मेदवार चण्डिराज दाहाललाई शिक्षण सहायक र लेक्चररतर्फ करारमा नियुक्ति दिँदा डिन कार्यालयले विज्ञापन नै गरेको थिएन । पेन्टिङ विषयमा सागर मानन्धरलाई प्रतिस्पर्धाविनै सिफारिस गरिएको हो ।

नेपालको संविधान र सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकारअनुसार यी नियुक्तिसँग सम्बन्धित विवरण उपलब्ध गराइपाऊँ भनी लक्ष्मणदत्त पन्तले गत असार ३० गते माग गरेको सूचना विश्वविद्यालयले दिन अस्वीकार गरेको छ ।

टिप्पणीहरू