​देउवाको फोन ट्याप

कांग्रेस सभापति शेरबहादुर देउवा अहिले फोनको कारणले हैरान हुनुभएको छ । किनभने सरकारले उहाँको फोन ट्याप गर्न खोजेको रहेछ ! उहाँ आफैंले भर्खर यसको जानकारी दिनुभयो । उहाँ यो देशको एक छायाँ प्रधानमन्त्री हुनुहुन्छ । छायाँ प्रधानमन्त्रीको फोन ट्याप गर्नुहुन्छ ? छायाँ प्रधानमन्त्रीको फोन ट्याप हुन्छ भने प्रधानमन्त्रीको फोन पनि ट्याप हुन्छ होला नि ! कस्तो देश हो यो ? प्रधानमन्त्री, छायाँ प्रधानमन्त्रीजस्तो मान्छेको फोनसमेत ट्याप भइरहेको छ । 

अब त फोनमा कुरा गर्नु डरलाग्दो भइसकेको छ । सरकारले एउटा कानुन ल्याउँदै छ । जसअनुसार फोनमा गाली गर्न पाइँदैन । फोनमा गाली ग¥यो भने १५ लाखसम्म जरिवाना लाग्ने हुन्छ । एक वर्ष कैद । फोनमा गाली गरे कडा जरिवाना । सायद उहाँले फोनमा कसैलाई गाली गर्नुभयो वा गर्नुभएन त्यो बुझ्न पो ट्याप गर्न लागिएको हो कि ? 

सबैलाई थाहा छ, देउवाजीले बोल्नुभएको बुझ्नै गाह्रो छ । फोनमा सीधा कुरा गरेको बुझ्न झनै गाह्रो । मायाले बोलेको हो कि गाली गरेको, थाहा पाउनै मुस्किल । यस्तो अवस्थामा उहाँले साँच्चै गर्नुभएको के हो, त्यो बुझ्न त ट्याप गर्नुबाहेक अर्को उपाय छैन ।

टिप्पणीहरू