​एनसेलमाथि बम किन ?

आखिर विप्लव माओवादीले एनसेलमाथि प्रहार गरेरै छोड्यो । एनसेलमाथि प्रहार गर्ने नाममा ठाउँका ठाउँ बम पड्काइयो । आगजनी गरियो । अनि सकुशल फर्किइयो पनि । कसैले केही गर्न सकेन । शायद गर्न सक्दैन पनि । किनभने यस्तो अवस्थामा प्रहरी प्रशासनले केही गर्न सक्दैन भन्ने कुरा गृहमन्त्री रामबहादुर थापा बादललाई राम्रै थाहा छ । यदि गर्न सक्ने भए त कमरेड बादलले यतिबेला गृहमन्त्री बन्ने अवसरै पाउनुहुन्नथ्यो नि । अहिले विप्लवको माओवादी जे जे गर्दैछ, त्यो कुनै बेला बादलको माओवादीले गथ्र्यो । अहिले बादलको माओवादी त्यस्तो काममा विश्वास गर्दैन । तर, विप्लवको माओवादी भने त्योबाहेक अरू कुरामा विश्वास गर्दैन । 

हुन त विप्लवको माओवादी वर्तमान सरकार र सत्ताको विरोधी हो । तर, विरोधी नै भए पनि उसले एनसेलमाथि जो आक्रमण ग¥यो त्यो भने यही सरकारलाई सहयोग होस् भन्ने हिसाबले गरेको हो । किनभने एनसेलले अर्बौंको कर अहिलेसम्म तिरेको छैन । सरकारले पनि तिराउन सकिरहेको छैन । अब दुई÷चार ठाममा बम हानेपछि तिर्न आउने छन् । यो बम काण्डपश्चात् यदि एनसेलले कर ति¥यो भने सरकारलाई फाइदै भयो नि, होइन र ? 

बरु सरकारले पाएको त्यो फाइदामा कमरेड विप्लवले कमिशन माग्ने हुन् कि ? 

टिप्पणीहरू