कटहर नखाँदै किशोरको ज्यान गयो

कटहर नखाँदै किशोरको ज्यान गयो

तनहुँमा रुख कटहर खाने इच्छाले रुख चढेका एक किशोरको मृत्यु भएको छ । व्यास नगरपालिका–६, रम्घा मादीबेसीका १६ वर्षीय अरुण परियारको कटहरको रुखबाट लडेर आज मृत्यु भएको हो ।

रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तनहुँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू