रुखको हाँगाले लछार्दा एक महिलाको मृत्यु

रुखको हाँगाले लछार्दा एक महिलाको मृत्यु

धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्ककी ५७ बर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिउँसोे साढे ३ बजे आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा ढालेको रुखको हाँगाले लागेर गम्भिर घाईते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको थियो । सो रुख घाँसबारीमा रहेको रुख उनकै बहिनी १५ बर्षीया कमला गुरुङले ढालिरहेकी थिइन । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

दुई बालकको डुबेर मृत्यु

मोरङको भिन्दाभिन्दै घटनामा दुइ जना बालकले ज्यान गुमाएका छन । एक नम्बर प्रलेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईका अनुसार मोरङ बिराटगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको डेढ वर्षका छोरा राजकुमार महतोको नहरमा डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो सवा २ बजे नहरको छेउमा खेल्ने क्रममा उनी लडेर डुबेका थिए । घटनाबारे ईलाका प्रहरी कार्यालय रानीको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी मोरङ लेटाङ नगरपालिका ५ बस्ने शरनकुमार राईको छोरा १५ बर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिनको ३ बजे मोरङ्गे खोलामा पौडी खेल्दै गर्दा उनको डुबेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू