ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयको बिरोध

ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयको बिरोध

दुई साताअघि ट्रिपरको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा हिजो राति निधन भएपछि स्थानीयले बिरोध गरेका छन् । थानकोट चित्लाङ सडक खण्डअन्तर्गत गोदाम चोकमा असार २६ गते उक्त दुर्घटना भएको थियो ।

ट्रिफरको ठक्करबाट प्रदेश नम्बर ३–०२०१५ प ००५८ नम्बरको स्कुटर चालक स्थानीय ३१ को सुचिन्द्र श्रेष्ठको हिजो राति ललितपुरको मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आज बिहान उनका आफन्तले उचित क्षेतिपूर्ती माग गर्दै कलंकी–नागढुङ्गा सडकखण्ड अन्तर्गत त्रिभुवनपार्क नजिक केही बेर सडक अबरुद्ध गराएका हुन् ।

स्थानीयले सडक अवरुद्ध बनाउने कार्य जारी राखेपछि प्रहरी वृत्त थानकोटबाट ४० जना, प्रहरी प्रभाग नागढुङ्गाबाट १५ जना, स्वयम्भुबाट १५ जना र सशस्त्र प्रहरी बल निलबाराही गणबाट ३५ जना गरी १ सय ५ जनाको टोलीले बल प्रयोग गरेपछि यातायात सुचारु भएको बताइन्छ ।

सडक खुलेपछि मृतकका आफन्त र ट्रिपर मालिकबीच प्रहरी वृतमा छलफलमा गर्ने भनिए पनि अबेरसम्म छलफल हुन नसकेको जानकारी प्राप्त भएको छ ।

टिप्पणीहरू