जनयुध्दको मन्दिर भत्काउँदै, पाठपूजामा क्रान्तिकारी नमस्कार फर्काउँदै

जनयुध्दको मन्दिर भत्काउँदै, पाठपूजामा क्रान्तिकारी नमस्कार फर्काउँदै

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले दोस्री श्रीमतीको साथ घरमै आयोजित धार्मिक कार्यक्रमवीच भगवानलाई क्रान्तिकारी नमस्कार गरेका छन् । जनयुध्दताका मन्दिर भत्काउँदै हिँडेका अध्यक्ष घर्तीले आफ्नो घरमा लगाएको पूजामा भने हिन्दू विधि पूरा गरेका हुन् ।

जनयुध्दको उद्गमस्थल रोल्पाका पूर्वमाओवादी नेता एवम् गाउँपालिका अध्यक्ष कमरेडले तीन वर्षअघि नेकपा ५ नं. प्रदेश कमिटी सदस्यको शपथग्रहणमा आफूले पार्टीको मार्गदर्शक सिध्दान्त,कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्ने शपथ लिएका थिए ।

तर तस्बिरमा बहुविवाहित घर्तीले पार्टीको नीति छाडेर भगवानप्रति आस्था राख्न थालेको देखिएको छ ।

टिप्पणीहरू