नेपालमा शान्ति र्याली,बेलायतमा अनशन

नेपालमा शान्ति र्याली,बेलायतमा अनशन

आन्दोलनरत भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवार आमरण अनशन बस्ने भएका छन् । बेलायत सरकारले ३२ बर्ष लामो अधिकारको मागलाई नजरअन्दाज गरेको भन्दै उनीहरु आमरण अनसन बस्न लागेका हुन् ।

आज दिउँसो २ बजे शान्ति यात्रा र बुधबारदेखि बेलायतमा आमरण अनशन बस्ने बताइएको छ ।

गोर्खा सैनिक र परिवारले आज नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा जम्मा भई साढे २ बजे संसद भवनसम्म शान्ति यात्रा गरेर आफ्ना माग र बेलायतमा हुने आमरण अनशनबारे साँसदहरुलाई जानकारी गराउने तयारी छ ।

सो कार्यक्रममा सहभागी भएर आफ्नो अधिकारका पक्षमा उभिन भूतपूर्व गोर्खा र परिवारले आग्रह गरेका छन् ।

टिप्पणीहरू