राजदूतपुत्री बाटैबाट अपहरित

राजदूतपुत्री बाटैबाट अपहरित

पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिबुल्लाह अबिखिलकी छोरी हिजो राजधानी इस्लामाबादबाट अपहरणमा परेकी छन् । राजदूतपुत्री सिलसिला अलिखिल इस्लामाबादको सडकमा सवारी साधनमा जाँदै गर्दा अपहरणमा परेकी हुन् ।

इस्लामाबादको सडकमा गाडीमा जाँदै गरेकी राजदूतपुत्रीलाई अपहरणकारीले केही घण्टापछि छाडिदिएका थिए । हिजो बिहान भएको उक्त घटनापछि अपहरणमुक्त भएकी सिलसिलालाई अहिले अस्पतालमा भर्ना गरिएको बताइन्छ । अपहरण कसले गर्यो र अपहरणको क्रममा उनीमाथि के कस्ता हर्कत भए भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

राजदूतपुत्रीको अपहरणलाई अफगानिस्तानको पछिल्लो अवस्था र तालिवानी पृथकतावादीसँग जोडेर हेरिएको छ ।

टिप्पणीहरू