महेश बस्नेतको टोली अझै आक्रामक हुने,कमाण्डर को को ?

महेश बस्नेतको टोली अझै आक्रामक हुने,कमाण्डर को को ?

महेश बस्नेत नेतृत्वको राष्ट्रिय युवा संघ नेपालले सांगठानिक कामलाई प्रभावकारी बनाउने भन्दै आज काठमाडौंमा अगुवाहरूको भेला बोलाएको छ । केन्द्रीय कार्यालयको समन्वय र बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका उत्प्रेरकहरूको बैठक बोलाइएको बताइएको छ ।

संघका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज अमित लामाको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा आज बिहान बबरमहलमा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष क्रमशः कृष्ण राई,हरिकृष्ण व्यञ्जनकार र वचन देउजाको उपस्थिति थियो ।

संघका केन्द्रीय उपाध्यक्ष एवम् महिला विभाग प्रमुख उर्मिला सुनुवार,महासचिव रमेश आचार्य, उत्प्रेरक तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको भेलाले ‘३१९ आउ(आन्दोलन र उत्प्रेरणा) अभियान’ लाई २०७८ साउन २१ सम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

बैठकले काठमाडौ,ललितपुर र भक्तपुरका निर्वाचन क्षेत्रमा उत्प्रेरक समेत तोकेको छ । जसअनुसार काठमाडौं १ मा प्रकाश गौतम,२ मा महेश चौलागाईं,३ मा राकेश लामा, ४ मा जय गुरुङ,निर्वाचन क्षेत्र नम्बर ५ मा पेम्बा घले, ६ नम्बरमा अमित पौडेल रहेका छन् ।

त्यसैगरी काठमाडौं ७ मा राजन थापा, ८ मा सन्तोष सिलवाल, ९ मा माहाराज गुरुङ र १० मा हिमेश के.सी.लाई उत्प्रेरक तोकिएको छ ।

उता ललितपुर १ मा बाबुराम तामाङ, २ मा शिव महर्जन र ३ मा रवि कार्की उत्प्रेरक रहेका छन् । त्यसैगरी भक्तपुर १ मा बेगबहादुर पाण्डे र २ मा विष्णुहरि त्रिपाठी तोकिएका छन् ।

टिप्पणीहरू