महालक्ष्मी विकास बैंक लि.को स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठको नियुक्ति

महालक्ष्मी विकास बैंक लि.को स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठको नियुक्ति

महालक्ष्मी विकास बैंक लि. कोे सञ्चालक समितिको ४९० औं बैठकले श्रीमती अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रीमती अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएको थियो । श्रेष्ठले तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुल्नु भएको छ ।

व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएकी श्रीमती श्रेष्ठ नेपाल फाइनान्स इंस्टीट्यूशन एशोसिएसन र डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा लामो समयसम्म आवद्घ रहनु भएको थियो । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्श दाताको रुपमा पनि काम गर्नु भएको थियो ।

टिप्पणीहरू