लेडिज कपडासहित दुई पक्राउ

लेडिज कपडासहित दुई पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका–७, कर्णालीपुर नजिकै भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ७३ हजार ४ सय रुपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।

शुक्रबार प्रहरी चौकी कालिकाको विशेष टोलीले कपडा र कपडा ल्याउने काममा प्रयोग भएको भे ७ प ३२६२ नम्बरको स्कुटर बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले ४६ पिस लेडिज सुट, ३ पिस कुर्ता, दुई पिस लेगिज, पाँच पिस स्कार्फसहित स्कुटर बरामद गरेको जानकारी दिए ।

पक्राउ पर्नेमा बर्दियाको बासगढी नगरपालिका–८, ककौराका दिपक कुँवर र बाँकेको कोहलपुर नगरपालिका–२ की ममता भण्डारी हुन् ।

पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया पठाईएको शाहीले जानकारी दिएका छन् ।

टिप्पणीहरू