दक्षिणकाली नजिकै दुर्घटना, तीन जनाको अवस्था गम्भीर

दक्षिणकाली नजिकै दुर्घटना, तीन जनाको अवस्था गम्भीर

आज दिउँसो दक्षिणकाली नजिकैको फर्पिङ्ग ओरालोमा मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका छन् ।

दक्षिणकालीबाट काठमाडौंतर्फ आउँदै गरेको वा प्र ०२–०१२प५३०९ नम्बरको स्कुटर र सातमुलेतर्फबाट मुख्य सडकमा निस्किएको बा ७ प ४९३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइते तीनै जना बोल्नसक्ने अवस्थामा नरहेकाले उनीहरुलाई उपचारार्थ मेडिसिटी अस्पतालमा लगिएको छ । घाइतेहरुको साथबाट कुनैपनि कागजात फेला नपरेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू