झुण्डिएकी महिलाको ज्यान सशस्त्रले जोगायो

झुण्डिएकी महिलाको ज्यान सशस्त्रले जोगायो

आज दिउँसो जलेश्वर नगरपालिका–१२ घर भएकी मुस्लिम परिवारकी एउटी महिलालाई आत्महत्याको प्रयास गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेर ज्यान जोगाइदिएको छ । २५ वर्ष उमेरकी र २ वटा बालबच्चाकी आमाले श्रीमानबाट लगातार भएको घरेलु हिँसा सहन नसकेपछि कोठाभित्रको सिलिंग पंखामा कुर्तामा लगाइने सलको पासो लगाएर आत्महत्याको प्रयास गरेकै बखत जलेश्वर भन्सारस्थित बीओपीमा खटिएको निरीक्षक बिर्खबहादुर शाही नेतृत्वको सात जनाको टोलीले उद्धार गरेको हो ।

स्थानीयले खबर गरेपछि पुगेको सशस्त्र टोलीले ढोका फोरी झुण्डिएर छट्पटाइरहेको अवस्थामा महिलाको उध्दार गरेको र उद्धारपछि महिलाको अवस्था सामान्य रहेको बताइन्छ । श्रीमती ढोका थुनेर झुण्डिन थालेपछि श्रीमान् भने भारततिर लागेका थिए ।

टिप्पणीहरू