स्मार्टफोन : अरूलाई श्रीखण्ड, हामीलाई खुर्पाको बिँड

स्मार्टफोन : अरूलाई श्रीखण्ड, हामीलाई खुर्पाको बिँड

उच्च प्रविधिको प्रयोगमा आएको विश्वव्यापी प्रभावसँगै स्मार्टफोन शक्तिशाली औजारको रुपमा अधिकांश वयस्क नेपालीको हातमा देखिन्छ । तर यही औजार विश्वको धेरै मुलुकका अरबौं जनताका लागि अवसरको प्लाटफर्म बनेको छ । तर हामीले माल पाएर चाल नपाएका कारण ‘खुर्पाको बिँड’ सरह बनेको पाइन्छ

। स्मर्टफोनबाट लिन सकिने ज्ञान, आयआर्जनका सम्भावनालाई भन्दा अधिकांश नेपालीले मनोरञ्जन, च्याट र ध्यान भंग (यौनसम्बद्ध फोटो र समाचार) विषयमा धेरै समय लगाउने गरेको एक अध्ययनले देखाएको छ । हाल भारतको नयाँ दिल्लीमा अध्ययनरत टिकाराम तिमिल्सिनाले विश्व बैंकको पछिल्लो अध्ययनलाई विश्लेषण गरेका छन् ।

स्मार्ट फोन प्रयोगमा दक्षिणी छिमेकी भारतभन्दा केमा नेपाल अगाडि र के मा पछाडि भन्ने विषयमा लेख्छन् :

भारतभन्दा नेपाल अगाडि :

१. सामाजिक सञ्जालको प्रयोगमा,
२. भ्वाइस म्यासेज आदानप्रदान,
३. फोटो आदानप्रदान,
४. समाचार तथा समसामकयिक घटनाहरु अनलाइनमा पढ्न ।

स्मार्टफोनबाट लिन सकिने ज्ञान, आयआर्जनका सम्भावनालाई भन्दा अधिकांश नेपालीले मनोरञ्जन, च्याट र ध्यान भंग (यौनसम्बद्ध फोटो र समाचार) विषयमा धेरै समय लगाउने गरेको एक अध्ययनले देखाएको छ ।

भारतभन्दा नेपाल पछाडि :

१. सिकाइ,तालिम तथा शिक्षासँग सम्बन्धित जानकारीहरु अनलाइन मार्फत् प्राप्त गर्न ।
२. सरकारी सेवा तथा जानकारीहरु अनलाइन मार्फत प्राप्त गर्न ।
३. अनलाइन रोजगारी खोज्न ।
४. पैसा कमाउनको लागि एप्स तथा वेभसाइटको प्रयोग गर्न ।

नश्कर्ष: नेपाल पछाडि परेका मुख्य चार पक्षमा सुधार ल्याउन आवश्यक नीति निर्माण र कार्यान्वयन गर्दै स्मार्टफोनको प्रयोगलाई अधिकतम लाभ हासिल गर्नेतर्फ लैजानुपर्ने अवस्था टड्कारो देखिन्छ । 

स्रोत : विश्व बैंक, ग्लोबल फिनडेक्स डेटाबेस, २०२५ ।

टिप्पणीहरू