सिंहदरबारमा जेनजीको होहल्ला, गेटमै टाँसियो पत्र

सिंहदरबारमा जेनजीको होहल्ला, गेटमै टाँसियो पत्र

सुदन गुरुङ नेतृत्वको जेनजी समूहले सिंहदरबारभित्र होहल्ला मच्चाएको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेको उक्त समूहले समय नपाएपछि कार्यालयबाहिर होहल्ला गरेको हो । 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहित विभिन्न नातेदारलाई सचिवालयमा जागिर खुवाएको भन्ने विषय सार्वजनिक भएपछि सुदन समूहका युवाहरु अपरान्ह ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए । तर, प्रधानमन्त्री कार्कीले  समय नदिएपछि उनीहरु आक्रोशित बनेका हुन् । उनीहरुलाई प्रहरीले फर्काइसकेको बुझिएको छ ।

 त्यस्तै, मिराज ढुंगानाको समूह पनि सिंहदरबारको गेटमा पत्र टाँसेर फर्किएकाे छ। बताइएअनुसार मिराज समूहका युवाहरु पनि प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थिए । तर प्रहरीले ‘प्रधानमन्त्रीज्यू आज व्यस्त हुनुहुन्छ’ भन्दै सिंहदरबार छिर्न नदिएपछि उनीहरु गेटमै ज्ञापनपत्र टाँसेर फर्किएका हुन् ।

टिप्पणीहरू