सुरक्षा गोष्ठीमा क्रमभंग,सुदूरबाट लुम्बिनी

सुरक्षा गोष्ठीमा क्रमभंग,सुदूरबाट लुम्बिनी

गृह मन्त्रालयको समन्वयमा हुँदै आएको वार्षिक सुरक्षा गोष्ठीमा यो वर्ष क्रम भंग गरिएको छ । सँधै पूर्व वा सुदूरपश्चिमबाट हुने गरेको यस्तो गोष्ठी यो वर्ष बीचबाट थाल्ने कार्यक्रम छ । 

गृहमन्त्री ओमप्रकाश अर्यालको गृहप्रदेश लुम्बिनीबाट यो वर्षको प्रदेश सुरक्षा गोष्ठी शुरु गरिँदैछ । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्रीको प्रदेशबाट थालनी गर्न अनुरोध भएबमोजिम गोष्ठी हुन लागेको हो ।

आज रातिसम्म सबै सुरक्षा निकायका प्रमुख,गृहसचिव र गृहमन्त्री यसनिम्ति लुम्बिनी पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू