कम्मरमा भिरेको मनी ब्यागभित्र चाइनिज पेस्तोल
ललितपुरबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। खोटाङ साकेला गाउँपालिकाका र हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार विक पक्राउ परेका हुन्।
मादक पदार्थ सेवन (मापसे) गरेर होहल्ला गरेपछि प्रहरीले खानतलास गर्दा, उनको कम्मरमा भिरेको मनी ब्यागभित्र म्यागजिनसहितको चाइनिज पेस्तोल फेला परेको हाे ।
उनको साथबाट चार लाख ७८ हजार रुपैयाँ पनि बरामद गरिएकाे ललितपुर प्रहरीले जनाएको छ।
टिप्पणीहरू