अस्पताल भर्नापछि पूर्व राष्ट्रपतिको उपचार जारी
फाइल फोटो
पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको उपचार बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा जारी छ । हिजो मध्यान्ह स्वास्थ्य जाँचको लागि त्यहाँ पुगेपछि चिकित्सकले उहाँलाई भर्नाको लागि सल्लाह दिएको बताइन्छ ।
अस्पतालका अनुसार उहाँमा निमोनिया संक्रमण देखिएकाले हिजै दिउँसोदेखि अस्पतालको क्याबिन नम्बर ६०३ मा भर्ना गरिएको हो । भदौ २४ गते जेन जी विध्वंशमा भंगालस्थित निवास आगो लगाएर ध्वस्त बनाइदिएपछि उहाँ बालुवाटारस्थित जेठीछोरी उषाकिरणको घरमा बस्दै आउनुभएको छ ।
अस्पतालमा उहाँको सुरक्षामा सेनाको चन्दननाथ गणको एउटा टोली खटिएको छ ।
टिप्पणीहरू