रास्ट्रपति र सेनापति तात्दा उपराष्ट्रपति बेपत्ता
मुलुक सोमबार मध्यान्हदेखि विषम परिस्थितिबाट गुज्रिरहेको छ। आन्दोलनरत पक्षको माग सम्बोधन गर्दै संविधानसम्मत अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय देखिनुहुन्छ । राष्ट्रपतिपछि मुलुकको दोस्रो अभिभावकका रूपमा रहनुभएका उपराष्ट्रपति रामसहायप्रसाद यादवबारे कसैले उच्चारण,सोधखोज गरेको देखिँदै
संविधानमा राष्ट्रपतिले काम गर्न नसकेको अवस्थामा मुलुकको नेतृत्व उपराष्ट्रपतिले गर्ने व्यवस्था छ। तर पछिल्ला दिनमा शीतल निवास, शिवपुरी र सैनिक मुख्यालयसँग सम्बन्धित चर्चाले मात्र समाचारमा स्थान पाएको छ । राजीनामा दिएका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरुबारे सोधखोज चर्चा भएपनि उपराष्ट्रपति कार्यालय वा यादवबारे खासै चर्चा भएको पाइँदैन ।
उपराष्ट्रपति यादव कहाँ हुनहुन्छ ? भन्ने प्रश्नमा परिवार र सचिवालय दुवै स्पष्ट देखिँदैनन् । परिवारका एक सदस्यले भने, ‘सुरक्षा घेरामा हुनुहुन्छ भन्ने छ, तर कहाँ राखिएको हो, कसरी राखिएका छ त्यसबारे हामीलाई समेत जानकारी छैन ।’
सचिवालय स्रोतका अनुसार मंगलबार संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र प्रधानमन्त्री निवासमा आगजनी भइरहँदा यादव निवासमै हुनुहुन्थ्यो । तर साँझ एनसेलको भवनमा आगो लागेपछि सेनाले ‘निवास असुरक्षित भयो’ भन्दै लगेको हो । त्यसपछिको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।
टिप्पणीहरू