भाइस गभर्नरको नेतृत्वमा चिनियाँ नेताहरु आउँदै

भाइस गभर्नरको नेतृत्वमा चिनियाँ नेताहरु आउँदै

चीनको आन्हुई प्रान्तका भाइस गभर्नर सुन योंग नेपाल आउन लाग्नुभएको छ । उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आगामी मंसिर १० मा आएर पर्सिपल्ट मंसिर १२ गते स्वदेश फर्कने बुझिएको छ ।

नेपाल आउने उक्त टोली बंगलादेशको राजधानी ढाकाबाट विमान बंगलादेशको उडानमा काठमाडौं आउने छ । फर्कंदा चाइना साउदर्नको उडानमा काठमाडौंबाट ग्वाङ्चौ जाने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 

चीनमा प्रान्तीय सरकारका भाइस गभर्नरको मर्यादा भाइस मिनिस्टर सरह हुन्छ । सुनको नेतृत्वमा आउने टोली सदस्यहरुका चौ मिंगली,फाङ जिनसोङ, याङ सिआओलिन, हौ छिच्ये, चेन साङसङ रहने बताइएको छ । त्यसैगरी वाङ हाइस्या, याङ चन, लिउ याङ, चाइ रोङसोङ, वाङ मिङसिन, वाङ चङछियाओ र लिउ चुनयाङ पनि टोली सदस्यको रुपमा नेपाल आउँदैछन् ।

टिप्पणीहरू