सिजाङको वास्तविकता बुझ्न विदेशी मित्रहरूलाई चीनको आग्रह

सिजाङको वास्तविकता बुझ्न विदेशी मित्रहरूलाई चीनको आग्रह

चीनले विदेशी मित्रहरुलाई सिजाङ (तिब्बत) भ्रमण गर्न र त्यहाँको वास्तविकता प्रत्यक्ष अनुभवका लागि आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता कुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा बोल्दै सिजाङ स्वायत्त क्षेत्र स्थापनाको ६०औँ वार्षिकोत्सवबारे जानकारी दिने क्रममा उक्त आग्रह गरेका हुन् । 

उनले भने, ‘हामी अझ धेरै विदेशी मित्रहरुलाई सिजाङ भ्रमण गर्न स्वागत गर्दछौं । जहाँ उनीहरूले सुन्दर प्राकृतिक दृश्य, समृद्धि र स्थानीय जातजातिको खुशी जीवन प्रत्यक्ष अनुभव गर्न सक्छन् ।’

चीनका राष्ट्रपति सी चिनफिङले केन्द्रीय प्रतिनिधिमण्डलसहित गतसाता सिजाङ भ्रमण गरी विभिन्न जाति र वर्गका स्थानीयसँग भेटवार्ता गर्नुभएको थियो । सो क्रममा नयाँ समाजवादी आधुनिक सिजाङ निर्माणको मार्गचित्र प्रस्तुत गरिएको थियो ।

टिप्पणीहरू