बेइजिङमा भव्य सैन्य परेडको तयारी
स्रोत : सिन्ह्वा ।
चीनको राजधानी बेइजिङमा आगामी सेप्टेम्बर ३ तारिखका दिन हुने भव्य सैनिक परेडको तयारी तीब्र पारिएको छ । चिनियाँ जनमुक्ति सेनाका जल, थल, वायुसेनाका विभिन्न समूह परेडमा सहभागी हुँदै छन् ।
चिनियाँ जनताले तत्कालीन जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरुद्धको युद्धमा विजय प्राप्त गरेको ८०औँ वार्षिकोत्सवका अवसरमा राजधानी बेइजिङको थिआनमन स्क्वायरमा हालसम्मकै विशाल सैन्य परेड गर्दैछ । राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनको सैन्य आयोगका अध्यक्ष सि जिनपिङ परेडमा सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सीमाना जोडिएका सबै मुलुकका कार्यकारी प्रमुखलाई चीनले निम्तो दिएको बताइन्छ । सांघाई सहयोग संगठन (एसीओ) को शिखर सम्मेलन उक्त परेडभन्दा तीन दिनअघि बेइजिङ नजिकैको थिएनचीन शहरमा सम्पन्न हुँदैछ । रुस, भारत, नेपाललगायत २० भन्दा बढी चीनको छिमेकी मुलुकका कार्यकारी प्रमुखहरु सम्मेलनमा सहभागी हुँदैछन् ।
तस्बिरहरुः






टिप्पणीहरू