टर्कीको शक्तिशाली भूकम्पमा एकको मृत्यु, दर्जनौं घाइते
टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा हालसम्म एक जनाको मृत्यु भएको समाचार छ । भूकम्पको केन्द्रविन्दु रहेको सिन्डिर्गी शहरमा ८१ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ ।
हिजो साँझ आएको भूकम्पमा दर्जनौं घर भत्किएका छन् भने हालसम्म ३० जना घाइते भएका छन् ।
टर्की र सिरियाको सीमाना नजिकै दुई वर्षअघि गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ५५ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
टिप्पणीहरू