सेनापतिलाई हिटलर बन्ने सुविधा

सेनापतिलाई हिटलर बन्ने सुविधा

निजामती सेवामा मात्रै असारे चटारो लाग्छ भन्ने भ्रम तोड्दै नेपाली सेनाभित्र पनि एक हल मेलो जोत्न थालिएको छ । यही मेसोमा मर्मत गर्नुपर्ने दुईवटा एमआई १७ हेलिकप्टरका पार्टपुर्जा खरिद गर्न लागिएको छ । ठेक्का निकालिएको अवस्थामा सीधै पार्टपुर्जा खरिद हुन लागेकाले पनि यस्तो आशंका गर्नेलाई बल मिलेको हो । डेढ वर्षअगाडि नै भारतमा मर्मतको लागि पठाइएका हेलिकप्टरको अवस्था बुझ्ने ल्याकत कसैमा छैन । यस्तो बेला ३०–४० करोडको पार्टपुर्जा खरिदलाई कसरी लिइने हो ।

त्यसो त प्रधानसेनापति जो हुन्छन् उनै हिटलर हुने प्रावधान छ । मौजुदा नियमावलीको व्यवस्थाअनुसार बढुवा र सरुवाजस्ता विषयमा सेनापतिलाई एकल निर्णायक बाइएका कारण यस्तो अवस्था आएको हो । बोर्डले जे सिफारिस गरे पनि ‘छनोटको अन्तिम निर्णय प्रधानसेनापतिमा निहित रहनेछ’ भन्ने वाक्यांशका कारण सेनापति हिटलर हुने खतरा छ । त्यसो त अन्तिम क्षणमा यो घर जान्छ, यसले हामीलाई केही गर्न सक्दैन भन्ने तल्ला जर्नेलहरूलाई भने चिफको आदेश नमान्ने खतरा पनि छँदै छ । 

बढुवा नदिई घर पठाइएका सैनिक अधिकृतहरूको सूचीमा राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदाका ट्वाइसी पूर्णचन्द्र थापाबाट पीडित सञ्जयसिंह भण्डारीको नाम पनि आउँछ । त्यसबखत नेशनल डिफेन्स कोर्स (एनडिसी)का लागि अधिकृत छनोट गर्दा सञ्जयसिंह भण्डारी पनि पर्ने कुरा थियो । तर, छनोट समितिको संयोजक रहेका थापाले भण्डारीको डिग्री अनलाइन भएको र भारतीय दूतावासले एफिलियट गरेको मान्यता दिएनन् । भण्डारीले राजेन्द्र क्षेत्रीसँग दाइ रमिन्द्र क्षेत्रीको नाता जोड्दै पहुँच पु¥याउन सफल भए । दुवै एउटै पल्टन कालीबहादुरको भएका नाताले भनसुन गरी तालिममा भाग लिन सफल भए । चीनमा एनडिसी गर्न पठाउने निर्णय भयो । सोबमोजिम भण्डारीले कोर्स पूरा गरेर आए । त्यतिबेलासम्म राजेन्द्र क्षेत्री रिटायर्ड भई पूर्णचन्द्र थापा प्रधानसेनापति बनिसकेका थिए । थापाले म बोर्ड अध्यक्ष हुँदा चिफको फूर्ति लगाएर मलाई नटेरिकनै जाने भन्दै उनले गरेको कोर्सलाई मान्यता दिएनन् । मान्यता दिएको भए भण्डारी नै अहिले प्रधानसेनापति हुन्थे । त्यसबेला भण्डारीले बढुवाको निम्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि कुरा पुर्‍याएका थिए । एक दिन प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए । थापाले तत्कालीन मन्त्री शरदसिहं भण्डारीलाई प्रधानमन्त्रीको च्याम्बरमा देखेपछि तपाईंको भाइ सञ्जयको कुरा हो भने नगरौं, म उनलाई बढुवा दिन सक्दिनँ भनेर ठाडै इन्कार गरिदिए । यस्तै–यस्तै कारणवश अहिले दुईतारे जर्नेल गणेश श्रेष्ठले चिफ अशोकको कुरा काट्दैनन् । किनभने एकाध महिनापछि उनी निर्मल थापाको स्थानमा ३ तारे हुँदैछन् । 

अहिले भण्डारी प्रकरण एकाएक चर्चामा आउनुका पछाडि जर्नेलहरूको पोस्टिङमा देखिएको विभेद रहेको बताइन्छ । परम्पराविपरीत पाकिस्तानका लागि ब्रिगेडियर जनरल राम थापा र जगदीश खड्कालाई मनोनीत गरिएको छ । मेरिटका आधारमा ब्रिगेडियर सुरज गुरुङ अमेरिका वा संयुक्त अधिराज्यमध्ये एक ठाउँ जानुपर्ने हो । तर, कर्णेल झपेन्द्र रेग्मी र अच्युतम भण्डारी अनि सुधीर केसीलाई त्यता पठाउन लागिएपछि यस्तो चर्चा चलेको हो । भनिन्छ, सुरज गुरुङ नगरकोटमा सञ्चालित हायर कमाण्ड तालिममा पहिलो स्थान हासिल गर्न सफल अधिकृत आर्टिलरीकै हुन् । आर्टिलरीकै बोलवाला भएको बेला ब्रिगेडियर गुरुङ किन बाइपास भए भन्ने हल्लीखल्ली सेनाभित्र चलिरहेको छ । त्यसैगरी, उमेरले डाँडा काट्छ भनेर केन्यामा डिफेन्स कोर्स गर्न कर्णेल दिवशदेव खड्का र उज्ज्वल थापालाई मनोनीत गरिएको छ । थापा राष्ट्रपति कार्यालयमा लामो समयदेखि कार्यरत थिए । डिफेन्स कोर्स डिसेम्बरदेखि शुरु हुने गर्छ । यस्तो तालिम लिन जाने अधिकृत फर्केर आउँदा ५२ वर्ष नकट्ने हुनुपर्छ । त्यही भएर थापालाई सेनापति सिग्देलले माया गरेको हुनुपर्छ । 

उता, कल्याणकारीमा पनि सेनापतिकै निकटहरूले हालिमुहाली गर्ने परम्परा छ । सिग्देलले याम ढकाल, आनन्द अधिकारी र हीरालाल जोशीलाई यसै त्यहाँ लगेका हैनन् । जोशी सिग्देलको पल्टन देवीदत्तका हुन् । यसअघि पूर्णचन्द्रले नियुक्ति दिएका गौरव तण्डुललाई प्रभुरामले ५ वर्ष पु¥याएका थिए । ब्रिगेडियर कुमार लामा, राम राणा र लव खत्री पनि अहिले कोर्समै छन् ।
 

टिप्पणीहरू