दिवङ्गत पूर्वमन्त्रीका छोराको बाटो हेरिँदै
पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको आज अन्त्येष्टि गरिँदैछ । पारिवारिक स्रोतका अनुसार कान्छा छोरा विदेशबाट फर्किएपछि बल्ल अन्त्येष्टि गर्ने कार्यक्रम छ । हिजो बिहान शिक्षण अस्पताल महाराजगञ्जमा बितेका ८९ वर्षीय बज्राचार्यको शव अस्पतालमै राखिएको छ ।
बज्राचार्य २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल हुँदा संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका थिए । त्यसअघि वि.सं २०६० मा ललितपुर नगरपालिकाको प्रमुख थिए ।
वि.सं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ मा पहिलो पटक प्रधानपञ्च निर्वाचित उनी वि.सं २०५४ मा एमालेको तर्फबाट ललितपुर नगरप्रमुख भएका थिए ।
व्यापारिक पारिवारिक पृष्ठभूमिबाट आएका बज्राचार्य २०३६ देखि २०३७ सम्म ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, २०३८ मा संघको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्ष थिए ।
टिप्पणीहरू