माओवादी युवा कमाण्डर किशोरी बलात्कार मुद्धामा पक्राउ

माओवादी युवा कमाण्डर किशोरी बलात्कार मुद्धामा पक्राउ

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसियल) का नेता रेशम क्षेत्री पक्राउ परेका छन् । 

रुकुम पश्चिमको चौरजहारी निवासी, वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज रेशमलाई हिजो राती रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार रेशमले ललाई फकाई जाजरकोटकी एक १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेका थिए । पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भएको छ । उक्त बच्चा क्षेत्रीकै रहेको किशोरीको दावी छ । 

बलात्कारपछि पेटमा रहेको बच्चाको गर्भपतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन् । छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु,पाल्छु, मुद्धा मामिला नगर भन्दै रोेकेका थिए । पीडितका अनुसार उनले माओवादी उच्च नेतासँग आफ्नो पहुँच रहेको,आफू उम्किन सक्ने भन्दै किशोरीलाई मुद्धा हाल्नबाट रोकेका थिए । 

बलात्कारपछि पेटमा रहेको बच्चाको गर्भपतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन् । छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु,पाल्छु, मुद्धा मामिला नगर भन्दै रोेकेका थिए ।

पछिल्लो समय क्षेत्रीले बेवास्ता गर्न थालेपछि दुई महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दिएकी थिईन् । त्यसपछि प्रहरीले मुद्धा दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिई रेशमको खोजी गरेको थियो । नगर खेलकुद विकास समिति चौरजहारीको अध्यक्षसमेत रहेका रेशम प्रदेश र जिल्लास्तरका राजनैतिक र खेलकुद कार्यक्रमहरुमा अग्रस्थानमा रहने गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रुकुम पश्चिम आउँदा पनि उनको सुरक्षार्थ परिचालित वाईसियल दस्ताको अग्रमोर्चामा उनी नै थिए । यसका साथै विभिन्न मेला, महोत्सव,पार्टीका जिल्लास्तरीय गतिविधिहरुमा उनको सक्रिय भूमिका रहने गरेको थियो । 

लामो समय माओवादीको आडमा पक्राउ नपरेका रेशम अन्ततः बिहिबार सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ परेका हुन् । आजै अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू