एमालेमा टिक्न गाह्रो, माओवादी प्यारो
रुकुम पश्चिममा माओवादी केन्द्रबाट विद्रोह गरेर एमालेमा प्रवेश गरेका अधिकांश नेता–कार्यकर्ता घर फर्किन थालेका छन् । एमालेमा नेतृत्वबाट भए/गरेका गलत कामको विरोध गर्दा कारवाहीको डण्डा चलाइने डरका कारण टिक्न गाह्रो भएको हो । एमाले कर्णाली प्रदेश समिति सदस्य गंगाराम चनाराले दुई वर्षअघि माओवादीबाट विद्रोह गरेर केही कार्यकर्तासहित त्यता गएका थिए ।
त्यस्तै, रुकुम पूर्वबाट एमालेमा प्रवेश गरेका उपेन्द्रलाल कामी केही दिनअघि फर्केका छन् । उनी यसअघि एमालेको लुम्बिनी प्रदेश पदाधिकारीमा चुनाव लडेर हारेका थिए भने पछि किसान संगठनमा केन्द्रीय सदस्य थिए
टिप्पणीहरू