यताका अखिलले उताका अध्यक्षलाई झम्टिएपछि...

यताका अखिलले उताका अध्यक्षलाई झम्टिएपछि...
सुन्नुहोस्

हिजो शुक्रबार दिउँसो राजधानीको भृकुटीमण्डपस्थित ल क्याम्पसमा स्ववियु सभापति  समिर रिजालमाथि छिमेकी आरआर क्याम्पसका अखिलका पदाधिकारीहरुले झण्डै हात हालेको आरोप छ । समिर क्याम्पस हातामा केही विद्यार्थीसँग कुराकानी गरिरहँदा आरआरको टोलीले त्यस्तो व्यवहार देखाएको बताइन्छ । कार्यक्रममा सहभागी भएकाले आरआरका स्ववियु अध्यक्ष लोकेश खड्कालाई समेत जोडेर प्रचार गरिएको छ ।

जेठ ७ गते अनेरास्ववियु कानुन विद्यार्थी राष्ट्रिय कमिटीको प्रथम सम्मेलन उद्घाटन नेपाल ल क्याम्पसमा सम्पन्न भएको थियो । बन्दसत्रसमेत त्यहीबेला सम्पन्न भए पनि यो समाचार तयार हुँदासम्म कमिटी बन्न सकेको छैन । त्यही विषयमा आरआरको अखिल समूहले आक्रोश पोखेको हो । “त्यो कमिटी बनाउने जिम्मा समिर रिजाललाई दिइएको छैन । तर कानुनतर्फको कमिटी भनेपछि अन्य संकायमा पढ्नेहरुले त्यसमा बस्न पाउँदैनन् । उनीहरुले यो कुरा नबुझेको हुनसक्छ ।’, ल क्याम्पस कमिटीका एक सदस्यले बताए । लोकेश खड्का अखिल महासचिव नरेश रोकाया निकट मानिएकाले पनि विभिन्न कोणबाट चर्चा चलाइएको अनुमान छ ।

आरआरमा स्ववियु निर्वाचन भएको छैन बरु क्याम्पस प्रमुख, निर्वाचन प्रमुख र त्यहाँ क्रियाशील संगठनहरुको सहमतिमा कार्यसमिति बनाइएको छ । गत वैशाख १७ गते यही सहमतिबमोजिम निर्वाचन प्रमुखले निर्विरोध कार्यसमिति घोषणा गरेका थिए । 

अनेरास्ववियु कानुन विद्यार्थी राष्ट्रिय कमिटी सम्मेलनको बन्द सत्रमा अध्यक्ष मण्डलबाट कमिटी घोषणा गर्ने तयारी हुँदै गर्दा समिर रिजाल समूहद्वारा टेबुल ठटाउने, हुलहुज्जत गर्दै नाराबाजी गरिसकेपछि लोकेश खड्का समूहद्वारा कमिटी घोषणा गर्न सहजीकरण गरेको उनीहरुको दाबी छ । अनेरास्ववियु ल क्याम्पसका एक विद्यार्थी नेताकले उक्त विषय स्ववियुसँग सम्बन्धित नरहेको र संगठनको आन्तरिक विषय भएको बताए ।

ल र आरआरका अध्यक्षहरुबीच खास प्रतिस्पर्धा पाँच जना प्रतिनिधिको लागि हो । अनेरास्ववियु कानुन विद्यार्थी राष्ट्रिय कमिटीबाट जेठ २४–२८ को महाधिवेशनमा पाँच जना प्रतिनिधि जान पाउने भएकाले जुङ्गाको लडाइँ देखिएको श्रोतको दाबी छ ।

कमिटीको अध्यक्ष हुन कम्तिमा बार काउन्सिलको परिक्षा पास भएको अर्थात अधिवक्ताको लाइसेन्स लिएको हुनुपर्छ भनिएपछि एकथरीले कमिटी गठन गर्न नदिएको एक पदाधिकारीले जानकारी दिए ।

 

कमिटीको अध्यक्ष हुन कम्तीमा बार काउन्सिलको परीक्षा पास भएको अर्थात अधिवक्ताको लाइसेन्स लिएको हुनुपर्छ भनिएपछि एकथरीले कमिटी गठन गर्न नदिएको एकजना पदाधिकारीले जानकारी दिए ।

अध्यक्षको लागि नेशनल ल क्याम्पस सानेपाका आशुतोष पाण्डे र पिएन क्याम्पस पोखराका नरेश खनालवीच रस्साकस्सी छ । पाण्डे धर्म गिरी र नारायण घर्ती निकट हुन् भने खनाल नरेश रोकाया निकट । सो कमिटीको पदाधिकारीको लागि प्रज्ञा ज्ञवाली,सहदेव नेपाल,सुदिपकाजी थापा,बिनु न्यौपाने आदि आकांक्षी छन् ।

यसैबीच जनआस्थामा समाचार प्रकाशित भएपछि राति अबेर कानुन विद्यार्थी कमिटी घोषणा गरिएको छ ।

टिप्पणीहरू