बजेट मागेकी मेयरलाई अर्थमन्त्रीको वचनबद्धता

बजेट मागेकी मेयरलाई अर्थमन्त्रीको वचनबद्धता

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसमक्ष भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विकास योजना पेश गरेकी छन् । उनले दिउँसो मन्त्रालयमै पुगेर आर्थिक वर्ष ०८२/०८३ को बजेटमा चितवनका विभिन्न आयोजनाका लागि स्रोत सुनिश्चित गरिदिन आग्रह गरेकी हुन् । 

मेयर दाहालले आगामी बजेटमा चितवनको योजनाहरुलाई प्राथमिकता दिएर समावेश गरिदिन आग्रह गरेको सचिवालयले जनाएको छ । जवाफमा मन्त्री पौडेलले पनि बजेट सुनिश्चिताको लागि प्रतिबद्धता जनाउनुभएको बताइन्छ । 

भेटपछि मेयर दाहालले मन्त्री पौडेलसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएकी छन् । उनले जनआस्थासँग संक्षेप भनिन्, ‘मैले महानगरका केही योजनाहरु पेश गरेको छु, मन्त्रीज्यूले पनि सकेसम्म बजेट सुनिश्चितताको लागि सहमति जनाउनुभएको छ ।’

टिप्पणीहरू