एमाले जनप्रतिनिधिहरुलाई चितवनमा भोलि पढाइने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुलाई भोलि चितवनमा प्रशिक्षण दिने कार्यक्रम छ । कार्यक्रममा नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थिति रहने बताइएको छ ।
चितवनबाट स्थानीय,प्रदेश र संघीय सरकारमा प्रतिनिधित्व गर्नेहरुलाई जिल्ला कमिटीको आयोजनामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा प्रशिक्षण कार्यक्रम राखिएको हो ।
एमाले चितवनका अनुसार प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिसहित पार्टीको वडा कमिटी,पालिका पदाधिकारी र सम्पूर्ण जिल्ला कमिटीलाई समेत सहभागी गराइँदैछ । सोहीअनुसार कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरिएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले बताए ।
टिप्पणीहरू