इञ्जिनियरका अधिकांश शैक्षिक प्रमाणपत्र नक्कली

इञ्जिनियरका अधिकांश शैक्षिक प्रमाणपत्र नक्कली

ललितपुरको पुल्चोकस्थित राष्ट्रिय आवास कम्पनीमा कार्यरत करार इञ्जिनियर सुमन खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।  

खनालले इञ्जिनियरको करार पदमा नियुक्ति लिने बेला पेश गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ्ग तह र नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको शैक्षिक प्रमाणपत्रसहित इन्जिनियरिङ्गको लाइसेन्ससमेत नक्कली रहेको भेटिएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुनुपर्ने अख्तियारको मागदाबी छ ।

टिप्पणीहरू