शीतल निवासमा राजदूतको शपथ

शीतल निवासमा राजदूतको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

त्यस अवसरमा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू