केबलकार विरोधीलाई सिंहदरबार निम्तो
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध आन्दोलित समूहलाई सरकारले पुनः वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले आज आन्दोलनरत पक्षलाई पत्र लेख्दै वार्तामा आउन आग्रह गरेका हुन् ।
मुक्कुम्लुङ ताङ्सेःप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संघर्ष समितिलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरुका सम्बन्धमा स्थानीय सरोकारवालासँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरुलाई आमन्त्रण गर्दछु ।’
यसअघि पनि आन्दोलनरत पक्ष र सरकारबीच पटकपटक वार्ता भएपनि समस्या समाधान हुन नसकेको छैन । पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने उनीहरुको अडान रहँदै आएको छ ।

टिप्पणीहरू