मेलम्ची हिँडेका प्रचण्डलाई बाटैमा सख्खर खुवाइयो

मेलम्ची हिँडेका प्रचण्डलाई बाटैमा सख्खर खुवाइयो
सुन्नुहोस्

सिन्धुपाल्चोकको मेलम्ची जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले सख्खर उपहार दिएका छन् । काठमाडौँको संखारापुराका स्थानीय व्यवसायीले सख्खरसहित स्वागत गरेका हुन् । 

शंखरापुर नगरपालिका-१ का वडाध्यक्ष बेदनारायण दंगालसहित त्यहाँका जनप्रतिनिधिले वडा कार्यालयमा प्रचण्डको भव्य स्वागत गरेका थिए । सोक्रममा लगनशील कृषि समूहका अध्यक्ष विनोद ढकालले स्थानीय उत्पादन सख्खर उपहार दिएका हुन्।

अध्यक्ष प्रचण्डले शंखरापुरमा सुविधासम्पन्न सामुदायिक अस्पताल स्थापना गर्ने स्थानीयको चाहाना र सामुहिक कृषिलाई व्यवस्थित गरि रोजगारी सिर्जनासँगै समाजवाद अभ्यासका निमित्त सहयोग गर्ने प्रतिवद्धता जनाएको माओवादी केन्द्रले जनाएको छ ।
 

टिप्पणीहरू