राजावादीको आन्दोलनले सरकार डराएको विनाको जिकिर, सुहाङले सम्झिए बुबा

राजावादीको आन्दोलनले सरकार डराएको विनाको जिकिर, सुहाङले सम्झिए बुबा
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना लामाले पूर्व राजाको स्वागतमा देखिएको समर्थकको भीडबाट गणतन्त्रवादी नेताहरु डराएको जिकिर गरेकी छन् । 

आजको प्रतिनिधि सभा बैठकमा मन्त्री उपस्थित नहुँदा १५ मीनेट स्थगित गरिएपछि फेरि बसेको बैठकमा लामाले यस्तो टिप्पणी गरेकी हुन् । ‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको’, उनले भनिन्, ‘तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ, अलि जिम्मेवार बन्नुपर्‍यो !’ 

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङकाे उपस्थितिपछि बैठक सुचारु भएको हो । त्यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले त्यसबारे सभामुखको ध्यानाकर्षण गराएका थिए । 

यता, एमाले सांसद सुहाङ नेम्बाङले पूर्व सभामुख तथा बुबा सुवासचन्द्र नेम्बाङलाई सम्झिएका छन् । उनले भने, ‘आज बुबाको जन्मदिनमा उहाँले इलाम बजारको लागि देखेको सपना पूरा गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

टिप्पणीहरू