माओवादी बैठकमा राजावादीहरुको चर्चा
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, खुमलटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रारम्भमा राजावादीहरुको बढ्दो सक्रियताबारे अनौपचारिक छलफल भएको बताइन्छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको हिजो काठमाडौं विमानस्थलदेखि निर्मल निवाससम्म राजावादीहरुले गरेको स्वागत, गणतन्त्र विरोधी चर्का नाराबारे पनि बैठकमा छलफल भएको बुझिएको छ ।
आजको बैठकको औपचारिक एजेण्डा भने तराई–मधेस जागरण अभियानको हालसम्मको समीक्षा, आगामी स्ववियु निर्वाचनको तयारीबारे छ । फागुन १२ गते झापाबाट शुरु भएको अभियान राजावादीहरुको बढ्दो सक्रियता पश्चात् हाललाई स्थगित गरिएको छ ।
टिप्पणीहरू