खानेपानी मन्त्री नयाँ दिल्लीमा, पुडुचेरीका मन्त्री यता

खानेपानी मन्त्री नयाँ दिल्लीमा, पुडुचेरीका मन्त्री यता
सुन्नुहोस्

खानेपानी मन्त्री प्रदीप यादव नयाँ दिल्ली पुगेका छन् । उनी इण्डिगो एअरलाइन्सको उडानमा दिउँसो ३ बजे काठमाडौंबाट त्यता गएका हुन् ।

मन्त्री यादव खानेपानी तथा सरसफाई स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न उता गएको मन्त्रालयले जनाएको छ । 

खानेपानी मन्त्रीको मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । 

आजै भारतीय राज्य पुडुचेरीका सार्वजनिक मामिलामन्त्री कनान लक्ष्मीनारायण नेपाल आएका छन् । उनी एअर इण्डियाको उडानमा दिउँसो साढे २ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हुन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुने बताइएको छ ।

टिप्पणीहरू