दिउँसो मन्त्रीसँग भेट, राति समझदारीका लागि स्वीकृति
सरकारले आदिवासी जनजाती आयोगलाई चीनको राष्ट्रिय जातीय मामिला आयोगसँग समझदारी गर्न स्वीकृति दिएको छ । हिजो राति बसेको क्याबिनेट बैठकले आयोगलाई चीनको समकक्षी संस्थासँग ‘मैत्री सहयोग अभिवृद्धि’ सम्बन्धी समझदारीमा हस्ताक्षर गर्नदिने निर्णय गरेको बताइएको छ ।
त्यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जातीय मामिला आयोगको उच्चस्तरीय प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग भेट गरेको छ । चिनियाँ मन्त्री पान युए नेतृत्वको छ सदस्यीय टोलीले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसँग हिजो दिउँसो उहाँकै कार्यकक्षमा भेट गरेको थियो ।
झण्डै एक घण्टा भएको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन सोङको पनि उपस्थिति थियो ।
टिप्पणीहरू