संसद बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिँदै
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा विधेयक–२०८१ र नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आमसञ्चार परिषद् विधेययक–२०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
टिप्पणीहरू