प्रधानमन्त्री बिहान अस्पताल,साँझ बिहे भोज
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल जान लाग्नुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे स्वास्थ्य परीक्षणको तालिका छ ।
दिउँसो साढे १२ बजे पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ सार्वजनिक गरेपछि उहाँ साँझ साढे ५ बजे विवाह भोजमा जानुहुनेछ । पुस्तक विमोचन राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा राखिएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको छोराको अस्ति सम्पन्न विवाहका अवसरमा आज प्रीतिभोज राखिएको छ । आर्मी अफिसर्स क्लब, भद्रकालीको भोजमा प्रधानमन्त्री सरिक हुन लाग्नुभएको हो ।
टिप्पणीहरू